चारबर्षपछि ताप्लेजुङमा नापतौल यन्त्रहरुको प्रमाणीकरण शिविर सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ६ । गुणस्तर तथा नापतौल कार्यालय झापा तथा ताप्लेजुङ उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा मंगलवारबाट फुङलिङमा नापतौल यन्त्रहरुको प्रमाणीकरण शिविर सुरु भएको छ ।

शिविर बुधवार र बिहीबार सम्म सञ्चालन हुने ताप्लेजुङ उद्योग बाणिज्य संघले जनाएको छ । यसअघि २०७६ सालमा फुङलिङमा नापतौल यन्त्रहरुको प्रमाणीकरण शिविर भएको थियो ।

व्यवसायीहरुहरुले प्रयोग गर्ने ढक,तराजु,मिटर,डिजिटल तराजु र लिटर लगायतका यन्त्रहरुको गुणस्तर तथा नापतौल कार्यालयको टोलीले नापजाँच गरी प्रमाणीकरण गर्ने ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । नापतौल यन्त्रहरुको समयमै प्रमाणीकरण नभए ३० हजार रुपैयाँ सम्म जरीवाना हुन सक्ने व्यवस्था ऐनमा गरिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts