लेवरकुसनलाई हराएर इन्टर युरोपा लिगको अन्तिम चारमा

अरुलाई पनि शेयर गरौ !

डुसलडोफ,साउ २७ । बेल्जियमका फरवार्ड रोमेलु लुकालुले सोमबार इन्टर मिलानलाई युरोपा लिगको सेमिफाइनल प्रवेश गर्न निर्णायक खेल प्रदर्शन गर्नु भएको छ । उहाँकै उत्कृष्ट प्रदर्शनमा इन्टरले बायार लेवरसकुसनलाई २–१ ले हरायो । निकोलो बारेलाले १५ औं मिनेटमा इन्टरलाई सुरुवाति अग्रता दिलाउनुभयो । त्यसको ६ मिनेटपछि बेल्जियमका खेलाडी लुकाकुले दोस्रो गोल थप्नुभयो । जर्मन टिमका लागि काइ हारभटेजले एक गोल फर्काउनुभयो । लुकालुले युरोपा लिगमा लगातार नवौं खेलमा गोल गर्नु भएको हो र उहाँ यस्तो उपलब्धि हात पार्ने पहिलो खेलाडीमा पर्नुहुन्छ । अब अन्तिम चारमा इन्टरको प्रतिद्वन्द्वी मंगलबार साख्तर डोनेस्क र एफसी बासेलबीच खेलले निर्धारण गर्नेछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts