|

फक्ताङ्लुङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनदेवी मावि प्रथम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ७ । शनिबार सम्पन्न फक्ताङ्लुङ गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा सेवालुङ माध्यमिक विद्यालय द्वितीय र रविकला माध्यमिक विद्यालय तृतीय भएको छ ।
विजयी विद्यालयहरुलाई फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), उपाध्यक्ष रवीन साम्रा (विकास) लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा छात्र छात्रा दौड, लङ्जम्प, हाइजम्प, छेलो छान्ने, भलिबल लगायतका खेल विधाहरु समावेश गरिएका थिए ।
यता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाभित्रका सुनदेवी मावि, सेवालुङ मावि, रविकला मावि, आदर्श मावि, सरस्वती मावि, सिँवा मावि, सरस्वती च्यारिबुक मावि र खेजेनिम माविले सहभागिता जनाएका थिए । प्रतियोगिता बुधबारदेखि सुरु गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts