|

पालिकास्तरमा धमाधम सञ्चालन हुँदै राष्ट्रपति रनिङ शिल्ड

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २६ । ताप्लेजुङका पालिकास्तरमा धमाधम राष्ट्रपति शिल्ड प्रतियोगिता सञ्चालन भइरहका छन् । पालिकास्तरीय प्रतियोगिता सञ्चालनका क्रममा बिहीबार आजदेखि मेरिङ्देन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
मेरिङ्देन गाउँपालिका–३ स्थित पृथ्वी तथा लेस्नमाया स्मृति खेल मैदानमा प्रतियोगिता सुरु भएको बताइएको छ । गाउँपालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर), पूर्वअध्यक्ष गणेशबहादुर चोङ्बाङ लगायतका जनप्रतिनिधिको उपस्थितिमा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिता पुस २८ गते शनिबारसम्म सञ्चालन हुने छ ।
यस्तै आठराई त्रिबेणी गाउँपालिकामा बुधबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको सिदिङ्वा गाउँपालिका र फुङ्लिङ नगरपालिकाले भने प्रतियोगिता यसअघि नै सम्पन्न गरिसकेका छन् । बाँकी रहेको स्थानीय तह अर्थात पालिकाहरुले पनि प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका बुझिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts