| |

जसपाको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २२ । ताप्लेजुङस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला समिति पुनर्गठन गरिएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार सम्पन्न भेलाले जसपा नेपालको जिल्ला समिति पुनर्गठन गर्दै नयाँ समिति गठन गरेको हो ।
जसपा नेपालका केन्द्रीय सदस्य मचिन्द्र बेघाको उपस्थितिमा सम्पन्न भेलाले पुरानो समिति पुनर्गठन गर्दै पुनः कीर्तिमान मादेन अध्यक्ष रहेको ३१ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्ष द्वयमा भक्त येङ्देन र भरत गुरुङ, सचिवमा श्री लिङ्लिम, सहसचिव सरोज कङ्लिवा र कोषाध्यक्षमा कमला पालुङ्वा चयन हुनुभएको छ ।
जिल्ला भेलामा जसपा नेपाल १ नम्बर प्रदेश समिति उपाध्यक्ष प्रेम वनेम, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, उपाध्यक्ष सञ्जय मेवाहाङ राई, मुख्यसचिव केदार धिमाल लगायतको उपस्थिति रहेको अध्यक्ष कीर्तिमान मादेनले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts