अधिकार र कर्तव्य दुबैको महत्व दर्शाउँदै ताप्लेजुङमा मानव अधिकार शिक्षा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २ । नेपाल मानव अधिकार संगठनले सोमवार ताप्लेजुङमा अधिकार र कर्तव्य दुबैको महत्व दर्शाउँदै मानव अधिकार शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

संगठनका उपाध्यक्ष डाक्टर गोबिन्द ढकालको नेतृत्वमा ताप्लेजुङ आईपुगेको टोलीले मानव अधिकार,यसको संरक्षण,मानव अधिकारको प्रवद्र्धन र कर्तव्यबारे सरोकारवालालाई सचेत गराएको हो ।‘अधिकार र कर्तव्य दुबै एकअर्काका परिपूरक भएकोले मानव अधिकारको संरक्षणका सवालमा यि दुबै एकसाथ आउँछन्’ढकालले भन्नुभयो । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले लोकतन्त्र र मानव अधिकार एकसिक्का दुईपाटा जस्तै भएको बताउनुभयो । उहाँले लोकतन्त्र जीवित रहेमा मात्र मानव अधिकारको उचित संरक्षण हुने दावी गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले प्रकृति,बिकृति र संस्कृति भित्र मानव अधिकारका सवाल केन्द्रित हुने बताउनुभयो । मानव अधिकारको संरक्षणमा राज्य र राज्य निकायहरु प्रतिबद्ध हुनेमा विश्वास दिलाउनुभयो । नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,नागरिक समाजका अगुवा र अधिकारकर्मीहरुको सहभागितामा मानव अधिकार संगठनले मानव अधिकार शिक्षा सम्वन्धी कार्यक्रम सञ्चालन गरेको ताप्लेजुङमा आयोजित कार्यक्रममा संयोजनकर्ता शिला इजमले जानकारी दिनुभयो । ढकालसंगै संगठनका कोषाध्यक्ष शम्भु लामाले मानव अधिकारका विविध आयाम बारे जानकारी गराउनुभयो ।

प्रत्येक व्यक्तिसंग सम्वन्धित आधारभूत अधिकार र स्वतन्त्रतालाई मानव अधिकार भन्ने गरिन्छ । पूर्ण रुपमा मानव भई बाँचन पाउने अधिकारको ग्यारेन्टी भएमा मानव अधिकार सुनिश्चित भएको मानिन्छ । निश्पक्षता,सम्मान र कदर,समानता,गरिमा र स्वतन्त्रतालाई मानव अधिकारको मुख्य मान्यताको रुपमा अंगिकार गरिएको छ ।

नागरिक र राजनीतिक अधिकारभित्र अभिव्यक्ति स्वतन्त्रताको अधिकार तथा आर्थिक र सामाजिक अधिकारभित्र सम्पत्तिको संरक्षण र शिक्षाको अधिकार समावेश गरिएको छ । जीवन जिउने अधिकार,आफ्नै निम्ति काम गर्न पाउनु पर्ने अधिकार (दास हुन नपर्ने),सम्पति माथिको अधिकार,बोल्ने स्वतन्त्रताको अधिकार,ज्यानको सुरक्षा,कुनै देशको नागरिक हुन पाउनु,मताधिकार,उचित शिक्षाको अधिकार,स्वतन्त्र विचार राख्न पाउने अधिकार,स्वतन्त्र रूपमा विचार व्यक्त गर्न पाउने र रोजगार गर्न पाउने अधिकार समेतलाई मानव अधिकारको रुपमा ब्याख्या गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts