| |

अन्तर माविस्तरीय भलिबलमा नारायणी र मैवाखोला प्रथम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय र मैवाखोला माध्यमिक विद्यालय प्रथम भएका छन् । प्रतियोगितामा छात्रातर्फ नारायणी र छात्रतर्फ मैवाखोला मावि प्रथम भएको हो ।
भलिबल प्रतियोगितामा छात्र तथा छात्रातर्फ प्रथम हुनेले समान १३ हजार ५०० रुपियाँ नगद पुरस्कार पाएका छन् । यस्तै प्रतियोगितामा छात्रातर्फ द्वितीय भएको मैवाखोला मावि तेम्बे र छात्रतर्फ द्वितीय भएको जनकल्याण मावि तेल्लाबुङले पनि समान आठ हजार ५०० रुपियाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।
गाउँपालिकाले पठनपाठनसँगै विद्यार्थीको सर्वांगीण विकासका लागि अतिरिक्त क्रियाकलाप समेतको आवश्यकता पर्ने भएकाले अतिरिक्त क्रियाकलापअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको जनाएको छ । गाउँपालिकाका प्रवक्ता एवम् वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार प्रतियोगितामा पालिकाभरिका पाँचवटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
भलिबल प्रतियोगितासँगै नेपाली तथा अंग्रेजीमा निबन्ध लेखन, चित्रकला र हस्तलेखन प्रतियोगितासमेत आयोजना गरिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो । प्रतियोगिताका बिजेतालाई गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता भने शनिबार र आइतबार सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts