| |

शुक्रबारदेखि फुङ्लिङ बजार बन्द

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर ८ । नेपालीहरुको चाडपर्व दसैँ, तिहार र छठमा खुला गरिएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको साप्ताहिक बन्द शुक्रबारदेखि पुनः सुरु गरिएको छ । चाडपर्वहरु सकिएसँगै फुङ्लिङ बजारको साप्ताहिक बन्द शुक्रबार (आज) देखि सुरु भएको हो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका अनुसार अब साविकझैँ प्रत्येक साताको शुक्रबार सदरमुकाम फुङ्लिङ बजार बन्द हुने छ । विगतदेखि नै साताको एकदिन व्यावसायिक विश्रामको रुपमा बजार विदा अर्थात बन्द गर्ने बाणिज्य संघले बनाएको नियमअनुसार फुङ्लिङ बजार प्रत्येक शुक्रबार बन्द हुने गरेको छ ।
मङ्सिर ८ गते शुक्रबारदेखि साप्ताहिक बन्द सुरु भएसँगै अब साताको छ फुङ्लिङ बजार खुला हुने र सो समयमा व्यवसाय सञ्चालन तथा कारोबार हुने ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाको भनाइ छ । उहाँकाअनुसार दसैँ र तिहार नेपालीहरुको मुख्य चाड भएकाले सो समयमा उपभोक्ता तथा ग्राहकलाई आवश्यक सामान किनमेल गर्नमा सहज बनाउनका लागि बजार खुला गर्ने गरिएको छ ।
बाणिज्य सङ्घले यसवर्षको चाडपर्वका लागि गत असोज १२ शुक्रबारदेखि फुङ्लिङ बजार खुला गरेको थियो । बाणिज्य संघले बजार खुलासँगै चाडपर्वको अवसरमा उपभोक्तालाई उपभोग्य वस्तुको मूल्यमा छुट सुविधा पनि दिने गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts