करेन्ट लागेर ताप्लेजुङको मेरिङदेनका एक युवाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ७ । करेन्ट लागेर ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ४ का १९ बर्षिय मिलन नाल्वो लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । करेन्ट लागेर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याईएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको समेत लुङ्गेलीले बताउनुभयो ।

उहाँका अनुसार मृतक लिम्बू युनाईटेड मेवाखोला हाईड्रो अन्र्तगत साउथ एशियसन कन्ट्रसनको क्रसर प्लान्टमा काम गर्दै आउनु भएको थियो । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान सुरु भएको समेत प्रहरी निरीक्षक लुङ्गेलीले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts