ताप्लेजुङ काँग्रेसले सहमतिमै चयन गर्यो ११ जना महासमिति सदस्य

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक १८ । लामो कसरत पछि नेपाली काँग्रेस ताप्लेजुङले सहमतिमै ११ जना महासमिति सदस्य चयन गरेको छ ।

२० जनाको उम्मेदवारी परेकोमा ९ जनाले उम्मेदवारी फिर्ता लिने सहमतिपछि सर्वसम्मत रुपमा महासमिति सदस्यको टुङ्गो लागेको नेपाली काँग्रेस ताप्लेजुङका सचिव युकहाङवीर(डम्बर)हाङ्गामले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतापप्रकाश हाङगाम,केशवप्रसाद दाहाल,लिलादेवी बोखिम,गजेन्द्रप्रसाद तुम्याहाङ,खगेनसिंह हाङगाम,टीकाराम गुरुङ,पदमसुन्दर पालुङ्वा,शिला इजम,इन्द्र केदेम,गीताकुमारी सेन्दाङ र छोवाङ लण्डुक शेर्पा महासमिति सदस्य चयन हुनु भएको छ ।

रीता सेनेहाङ,माला पालुङ्वा,अमिर मादेन,बिश्वराज नाल्बो लिम्बू,राज थेबे,बलबहादुर तामाङ,युवराज गुरुङ,कल्पनादेवी सिटौला र तिलप्रसाद सुब्बाले उम्मेदवारी फिर्ता लिएको काँग्रेस ताप्लेजुङले जनाएको छ । काँग्रेसले जिल्ला अधिबेशन भएको करिव दुईबर्षपछि महासमिति सदस्य चयन गरेको हो । काँग्रेसको जिल्ला अधिबेश २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । महासमितिलाई नेपाली काँग्रेसको नीति निर्माणको सबैभन्दा उपल्लो निकाय मानिन्छ । यो संगै नेपाली काँग्रेस ताप्लेजुङको शुक्रवारबाट जारी प्रथम जिल्ला भेला सकिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts