पटका,भुईचम्पा र आतिशबाजी जस्ता बिष्फोटक पदार्थको ओसारपसार बिरुद्ध ताप्लेजुङ प्रहरीको कडाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । चाडपर्वका समयमा पटका,भुईचम्पा र आतिशबाजी लगायतका बिष्फोटक पदार्थको ओसारपसार तथा प्रयोग हुन दिन ताप्लेजुङ प्रहरीले बिशेष सुरक्षा योजना अघि बढाएको बताएको छ ।

पटका,भुईचम्पा र आतिशबाजी जस्ता बिष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने,चोटपटक लाग्ने तथा आगलागी जस्ता दुर्घटना हुन सक्ने जोखिम रहेकोले यस्ता बिष्फोटक पदार्थको उत्पादन,आयात,निर्यात,बिक्री बितरण र ओसारपसार बिरुद्ध बिशेष निरागानी अभियान चलाईएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिनुभया । उहाँले यस्ता बिष्फोटक पदार्थको ओसारपसार बिरुद्ध ताप्लेजुङ प्रवेश गर्ने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको बताउनुभयो । बिष्फोटक पदार्थको ओसारपसार बिरुद्ध नाङखोल्याङस्थित मेवाखा प्रहरी चौकीमा २४ सै घटना चेकजाँच गर्न थालिएको समेत प्रहरीले जानकारी दिएको छ । लुकिछिपी हुने यसको प्रयोग रोक्न गस्ति बढाईएको र ठाउँठाउँमा सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको डिएसपी लिम्बूले बताउनुभयो ।

दशैंको अवधि समाप्त भई तिहारको अवधि सुरु भएको र यो बेला सेलरोटी सहित बिभिन्न प्रकारका उपभोग्य सामाग्री बनाउने क्रममा सम्भावित आगलागीको जोखिम समेत हुने भएकोले सावधानी अपनाइदिन प्रहरीले आग्रह गरेको छ । बजार क्षेत्रका अधिकाँस घरहरु काठ र टिनले बनेका पुराना प्रकृतिका भएकोले आगलागीको बढी जोखिम हुने भएकोले पटका,भुईचम्पा र आतिशबाजी जस्ता बिष्फोटक पदार्थको प्रयोग नगर्न तथा आगो बाल्दा रुँघेर बाल्न र काम सकिएपछि आगोलाई पूर्ण रुपमा निभाउन समेत प्रहरीले सबैलाई आग्रह गरेको छ । सुख्खा मौसम समेत सुरु भएकोले यो बेला आगलागीको जोखिम बढी हुने भन्दै प्रहरीले आगलागी बिरुद्ध सावधानी अपनाउन आग्रह समेत गरेको छ । प्रहरीले पटका,भुईचम्पा र आतिशबाजी जस्ता बिष्फोटक पदार्थको खरिद बिक्री नगर्न र गरेको पाइए कानुन अनुसार हुने भएकोतर्फ समेत सचेत गराएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts