ताप्लेजुङको पेदाङमा लडेर एक बृद्धको ज्यान गयो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक ५ । गाउँबाट घरतर्फ फर्कने क्रममा बाटोमा पर्ने खोल्सी नजिक लडी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङ फुन्द्रुकका ६६ बर्षिय सुकबहादुर लिम्बूको ज्यान गएको छ ।

लडेर घाइते अवस्थामा भेटिनु भएका सुकबहादुरको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिनुभयो ।

डिएसपी लिम्बूका अनुसार इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक कमल ठाकुरको नेतृत्वमा प्रहरी टोली आवश्यक कानुनी प्रकृया पूरा गर्न र घटनाको थप अनुसन्धानमा खटिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts