‘कानुनी राज्यमा प्रहरीको बिकल्प प्रहरी नै’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३० । ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) राजन लिम्बूले कानुनी राज्यमा प्रहरीको बिकल्प प्रहरी नै नभएको बताउनु भएको छ ।

लोकतन्त्रमा प्रहरी चाहिन्न भन्नु भन्दा पनि आचरण भन्दा बाहिर गएको अवस्थामा सुध्रिएर आओस् भन्ने आम मानिसको अपेक्षा हुनुपर्ने उहाँले बताउनुभया । ६८ औं प्रहरी दिवसको अवसरमा मंगलवार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सेवाप्रति प्रतिबद्ध र पेशाप्रति निष्ठावान रहन प्रहरी कर्मचारीलाई आग्रह गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जनमुखी सेवा बितरणलाई पहिलो प्राथमिकतामा राख्न प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो । चौबिसै प्रहर सेवामा तल्लिन रहने प्रहरी कर्मचारी दबाब,अभाव र प्रभावबाट मुक्त हुन सकेमा मात्र सेवा बितरण प्रभावकारी हुने उहाँले बताउनुभयो । प्रजिअ चेम्जोङले पेशागत व्यवसायिकता,सत्यनिष्ठा र सुद्रिढ सुरक्षा व्यवस्थाका लागि प्रहरीले आफ्नो पेशागत धर्मलाई मूलमन्त्र मान्नुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक र सामाजिक क्षेत्रकोतर्फबाट मन्तव्य राख्नु भएका लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले शिक्षा र सुरक्षा सुद्रिढ र सफल बनाउन आम नागरिक समेतको भूमिका महत्वपूर्ण रहनेमा जोड दिनुभयो । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले दिनरात नभनी सेवामा तल्लिन रहने प्रहरीको बसाई र उसका लागि आवश्यक पर्ने उपकरण कस्तो छ भनेर सम्वन्धित पक्षले चनाखोे भईदिनुपर्ने बताउनुभयो । मेरिङदेन गाउँपालिकास्थित थुकिमा प्रहरी चौकीको पूर्वाधार राम्रो नरहेकोतर्फ संकेत गर्दै उहाँले यसको शीघ्र र उचित व्यवस्थापनमा पालिकाले ध्यान दिने बिश्वास व्यक्त गर्नुभयो ।

पूर्व प्रहरी संगठनका कार्यवाहक जिल्ला अध्यक्ष मोतिबहादुर लिम्बूले आफुहरुको उर्जाशिल समय प्रहरी संगठनमा बितेको स्मरण गर्दै प्रहरीका दुःख सुख बारे अहिले पनि चासो र चिन्ता लागिरहने बताउनुभयो । कार्यक्रममा दुईजना अमर प्रहरी परिवारका सदस्हरुलाई प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी चेम्जोङले अभिनन्दन गर्नु भएको थियो । गत असोज १५ गते सम्पन्न निवन्ध प्रतियोगितामा प्रथम र द्धितीय हुने भएका लिटलबुद्धका क्रमशःहेना मादेन र सिक्कुम इवासाम लिम्बू तथा कञ्चजंघा बोर्डिङ स्कुलका फेसन उदासलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक कलमकुमार लुङ्गेलीले प्रहरी महानिरीक्षक बसन्त कुँवरद्धारा प्रहरी दिवसको अवसरमा जारी भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । यसअघि प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्मारकमा माल्यार्पण गरिएको थियो । अमर प्रहरीको सम्मानमा प्रहरी कार्यालय हाताभित्र वृक्षरोपण समेत गरिएको छ । प्रहरी ऐनमा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । सोहि दिन कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिकता पाएको मानिन्छ । प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएता पनि यसबर्षको प्रहरी दिवस भने असोज ३० गते मनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts