| |

ताप्लेजुङका प्रत्येक वडामा पार्टी कार्यालय स्थापना गर्दै माओवादी

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ताप्लेजुङका प्रत्येक वडामा वडा कार्यालय स्थापना गर्दै आएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा माओवादीले प्रत्येक वडामा धमाधम पार्टी कार्यालय स्थापना गर्दै आएको हो ।
नौ स्थानीय तह रहेको जिल्लामा ६१ वटा वडा रहेका छन् । हाल पार्टीले सञ्चालन गर्दै आएको रुपान्तरण अभियानसँगै वडा–वडामा वडा तथा सम्पर्क कार्यालयहरु स्थापना गरिरहेको माओवादीका जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो । लिम्बूका अनुसार अधिकांस वडामा पार्टी स्थापना भइसकेका छन् ।
आगामी मङ्सिर १५ गतेसम्म सञ्चालन हुने पार्टीको तीन महिने अभियानको अवधिभित्र ६१ वटै वडामा कार्यालय स्थापना भइसक्ने उहाँले बताउनुभयो । पार्टीको नियमित कार्यसम्पादन तथा वडास्तरका कार्यकर्ता साथै शुभेच्छुक सर्वसाधारणसँगको सम्पर्कलाई जीवित राख्ने उद्देश्यस्वरुप पार्टी कार्यालयहरु स्थापना गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।
यता माओवादी केन्द्रकी केन्द्रीय सदस्य सीता थेबेको नेतृत्वमा जिल्लामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन भइरहेको पनि सो पार्टीले जनाएको छ । अभियानका क्रममा पार्टीका कमिटीहरु, भातृ तथा जनवर्गीय संगठनको गठन–पुनर्गठन, भेला, बैठक, प्रशिक्षणजस्ता कार्यहरु भइरहेको माओवादीले जानकाकारी दिएको छ । केही वडा तथा टोलहरुमा जनतासँग प्रत्यक्ष जोडिएर श्रमदानको कार्यसमेत गर्दै आएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts