बिश्व जडिबुटी दिवसमा जडिबुटीबाट घरेलु औषधोपार गर्नेहरु सम्मानित

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । बिश्व जडिबुटी दिवसको अवसर पारेर मंगलवार ताप्लेजुङमा आयोजित कार्यक्रममार्फत जडिबुटीका बिरुवा बितरण तथा जडिबुटीबाट घरेलु औषधोपार गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । दिवसकै अवसरमा घरेलु उपचारमा लाभदायक र सहयोगी बन्ने जडिबुटीका बिरुवा बितरण गरिएको एकबर्ष पछि अर्को बर्षको बिश्व जडिबुटी दिवसका दिन बिरुवाको संरक्षण र सम्भारमा उल्लेख्य ध्यान दिनेहरुलाई सम्मान गर्ने घोषणा समेत गरिएको छ ।‘घरेलु उपचारमा लाभदायक र उल्लेख्य भूमिका निर्वाह गर्ने जडिबुटीको संरक्षण र सम्भारका लागि अब सबैको ध्यान केन्द्रित हुन जरुरी छ’यो कार्यक्रमका अगुवा मातृकाप्रसाद भट्टराईले भन्नुभयो । जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख टेकनाथ अर्यालका अनुसार सतुवा,सुगन्धवाल,बोझो,गुर्जो,घीउकुमारी,पाषणबेद लगायतका जडिबुटीका बिरुवा बितरण गरिएको छ । कोरोना संक्रमण बिरुद्ध समेत शक्तिवद्र्धक औषधिको रुपमा रहेका यि जडिबुटीको प्रयोग अत्यन्तै लाभदायक हुने अर्यालले जानकारी दिनुभयो । कार्यक्रममार्फत जडिबुटीबाट घरेलु औषधोपार गर्ने दुईव्यक्तिलाई सम्मान समेत गरिएको छ । फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका पेम्बा शेर्पालाई जडिबुटीबाट घरेलु औषधोपार गरी सयौं मानिसको ज्यान बचाउन तथा बिकलाङ्ग हुनबाट जोगाउन भूमिका खेलेबाट सम्मान–पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ । उता मैवाखोला गाउँपालिकाको साँघु घर भई झापाको पाडाजुँगीमा बसाँई सरेका अग्निप्रसाद भट्टराईलाई मरणोपान्त सम्मान गरिएको छ । भट्टराईको गत ५ दिन अघि निधन भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,पतञ्जली योग समिति १ नं प्रदेश सदस्य शान्ति मादेन र जिल्ला अध्यक्ष सुश्मा शाक्य लगायतले जबिडुटी,घरेलु औषधि र उपचार तथा यसको प्रयोगका बारेमा बताउनु भएको थियो । डिभिजन वन कार्यालय,जिल्ला आर्युबेदिक स्वास्थ्य केन्द्र र पतञ्जली योग समितिले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको पतञ्जली योग समिति ताप्लेजुङका सोसल मिडिया जिल्ला प्रभारी आनन्द गौतमले जानकारी दिनुभयो ।

फोटो ः बिश्व जडिबुटी दिवसका अवसरमा जडिबुटीबाट घरेलु औषधोपार गर्ने पेम्बा शेर्पालाई सम्मान गरिदैं । तस्बिर ः खगेन्द्र । उज्यालो पोष्ट ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts