बिद्यमान राजनीतिको व्यवहार र परिभाषा बदल्न राश्वपा उदाएको हो ः सभापति लामिछाने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिद्यमान राजनीति कसले र किन गर्ने भन्ने परिभाषा बदल्नका लागि देशको बैकल्पिक शक्तिका रुपमा रावश्पा उदाएको बताउनु भएको छ । आफ्ना लागि र आफ्नाहरुका लागि राश्वपाले केहि नगर्ने भन्दै उहाँले देशको हित,युवाहरुलाई बिदेश पलायन हुनबाट रोकावट र मुलुक र जनतालाई केन्द्रमा राखेर विकास र समृद्धिको अभियानलाई तीव्रता दिन अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित सभालाई बिहीबार सम्बोधन गर्दै लामिछानेले बर्षौ सम्म देशलाई अनेकन् मुद्दामा बिभाजित गराएर ‘मनी र मसल’को सहारामा चुनाव जित्ने प्रणालीको अन्त्य हुर्नैपर्ने बताउनुभयो । अन्य दलहरुमा काठमाडौंमा बसेर ताप्लेजुङमा कसलाई जनप्रतिनिधिको रुपमा अघि सार्ने,कसलाई संगठनको जिम्मा दिने जस्ता बिषय तय हुने गरेको भन्दै राश्वपाले अब त्यस्तो प्रणाली तोड्ने उहाँको भनाई थियो । प्रदेश संसद र सरकार आफ्ना असन्तुष्ट कार्यकर्ताको थामथुम गर्ने थलो भएको भन्दै लामिछानेले प्रदेश संरचना बारे राश्वपाको छुट्टै अडान र धारणा रहेको बताउनुभयो । समावेशीता बिनाको समाज कल्पना भन्दा बाहिर रहेको भन्दै उनले समावेशी समाजको भित्रको बिबिधता जोगाएर सामाजिक सद्भाव र सहिष्णु व्यवहार आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

‘बहुसंख्यक मानिसको चाहना,रुची र अभिलाषा अनुसार नामाङ्कन हुनुपर्छ’कोशी प्रदेशको नामाङ्कन बारे भइरहेको असन्तुष्टी र बिबाद बारे लामिछाने संक्षिप्त मात्र बोल्नुभयो । देशले अहिलेको राजनीतिक प्रणाली र पद्धतिमा परिवर्तन खोजेको भन्दै जनताको त्यो अभिलाषा राश्वपाले पूरा गर्ने उहाँको दावी थियो । जनताले २०८४ को निर्वाचनमा राश्वपालाई मुलुककै पहिलो शक्तिको रुपमा उदाएको हेर्न चाहेको भन्दै उहाँले देशभर देखिएको जनलहरले त्यो संकेत गरेको लामिछानेले बताउनुभयो । ‘राश्वपामा १–२ जना छन् भन्नेहरुका लागि प्रतित्युत्तर दिन तपाँईहरुको यो उपस्थिति नै काफी छ’उपस्थित मानिसहरुप्रति संकेत गर्दै उहाँले भन्नुभयो । पार्टी नेता तथा प्रतिनिधिसभाका सांसद डोलप्रसाद अर्याल,डाक्टर तोसिमा कार्की,केन्द्रीय सदस्य रमेश प्रसाँई सहितका नेताहरुले भने बुधवारै सम्बोधन गर्नु भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts