ताप्लेजुङ गोल्डकप २०८० को उपाधि रेडहर्ष फुटबल क्लव इलामलाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, भदौ २० । रेडहर्ष फुटबल क्लव इलामले ताप्लेजुङ गोल्डकपको उपाधि उचालेको छ । जुट विकास फुटबल एकेडेमी ईटहरी सुनसरीलाई १–० ले पराजित गर्दै रेडहर्ष ताप्लेजुङ गोल्डकपको पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

बिजेता बनेको रेडहर्ष फुटबल क्लव इलामले गोल्डकपका साथ नगद ३ लाख ११ हजार १ सय ११ रुपैयाँ समेत हात पारेको छ । उपबिजेता जुट विकास फुटबल एकेडेमी सुनसरीले नगद १ सय ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझायो । मैदानको मध्यभाग भन्दा केहि अघिबाट बिशाल तामाङले गरेको फ्रि–किक प्रहारलाई हेडरमार्फत खेलको ३१ औं मिनेटमा रेडहर्षका लागि शरण बस्नेतले उत्कृष्ट गोल गर्नुभयो । शरणको त्यो गोल नै रेडहर्षलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

मध्यान्तरअघिको खेल सकिन केहि समय बाँकी रहँदा रेडहर्षले गोलपोष्ट नजिकबाट सिधा प्रहार गर्ने मौका पायो । रोमन भुजेलेको प्रहार जुट विकासका ४ जना खेलाडीको पर्खाली अवरोध गोलगर्न बाधक बन्यो । १–० को स्थिति उल्ट्याउन मध्यान्तर पछि आक्रामक खेलका उत्रिएपनि ईटहरीले गोल गर्न सकेन । खेलमा पछि परेपछि ईटहरीका खेलाडी केहि आत्तिएका देखिए । पासको लय गुग्नु,अग्रभागका खेलाडी त्यति चुस्त रुपले खेलमा देखा नपर्नु र क्षापंक्तिभने भनेजस्तो गरी बिपक्षी खेलाडीलाई रोक्न सक्नु जस्ता समस्याले ईटहरी आक्रामक खेल खेलेर पनि गोल गर्नबाट चुक्यो ।

मध्यान्तर पछिको खेलमा रेडहर्षले पनि गोल गर्न कयौं अवसर गुमाएको थियो । खेल सकिन ११ मिनेट बाँकी रहँदा डिवक्स नजिक ईटहरीका सञ्जय श्रेष्ठले हेण्ड गरेपछि पाएको फ्रि–किकलाई बिशाल तामाङले सहि दिसा दिन सक्नु भएन । संयोग यो होकी,फाईनलमा स्थान सुरक्षित गर्ने क्रममा रेडहर्ष र जुट विकास दुबैले सेमीफाईनलमा ट्राईबेकरबाट बिपक्षी टिमलाई हराएका थिए । रेडहर्षले डिफेण्डिङ च्याम्पियन रेडस्टार बिर्तामोड झापालाई र जुट विकासले पथरी–११ मोरङलाई समान ५–४ गोल अन्तरले हराएका थिए ।

कार्यक्रममा लाखेजात्राको अवसरमा फुटबल खेलको सुरुआत गर्ने शिक्षासेवी गोरखप्यारा श्रेष्ठलाई खेलको योगदानको स्मरण गर्दै सम्मानित गरिएको थियो । कार्यक्रममा भानुजन माध्यमिक बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सागर मादेनले गोरखप्याराले लाखेजात्रा खेलको खेल जीवन्तताको निम्ति दिनु भएको योगदानको स्मरण गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts