| |

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा चालू आवका मुख्य उपलब्धी सार्वजनिक(यि हुन् मुख्य उपलब्धी)

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २१ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले चालू आर्थिक बर्ष २०७९।८० मा ४० हेक्टर भन्दा बढी क्षेत्रको अलैंचीमा सिचाँई सुबिधा उपलब्ध हुने गरी पूर्वाधार उपलब्ध गराएको जनाएको छ ।

ज्ञान केन्द्रले चालू आवमा गरिएका महत्वपूर्ण कार्यालयगत उपलब्धी सार्वजनिक गर्दै यस्तो बताएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रममार्फत चालू आवमा ८ हजार १ सय मिटर सिँचाई पाइप उपलब्ध गराईएको बताउनुभयो । उहाँका अनुसार यहिँ कार्यक्रममार्फत केन्द्रले २१ वटा सुधारिएको अलैंची भट्टी निर्माण भएको छ ।

यस्तै संघीय शर्सत अनुदानम कार्यक्रम अन्र्तगत प्राङगारिक खेती प्रवद्र्धनका कार्यक्रमतर्फ ताजा प्राङगारिक तरकारी उत्पादनका लागि ९० वटा प्लाष्टिक घर निर्माण भएको, कम्पोष्ट मल उत्पादन र मल मुत्र संकलन गरी प्राङगारिक खेतीका लागि २३ वटा भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको समेत कृषि ज्ञान केन्द्रले जनाएको छ । यस कार्यक्रमबाट ९ मेट्रिकटन प्राङ्गारिक तरकारी उत्पादन हुने केन्द्रको अनुमान छ । दलहन बाली प्रवद्र्धन कार्यक्रम अन्र्तगत ३ वटा हाते ट्रयाक्टर,१७ वटा साझा मिल,३ वटा डिजिटल तराजु र २७ इलेक्टिक स्प्रेयर र बीउ र विषादी खरिदमा अनुदान रकम सहयोग गरिएको उसले जनाएको छ । दलहन बाली कार्यक्रममार्फत २ मेट्रिकटन दालबाली उत्पादन हुने अपेक्षा केन्द्रले गरेको छ ।

चालू आवमा प्रादेशिक कार्यक्रममार्फत जिल्लाभरमा १ सय १२ वटा प्लाष्टिक घर निर्माण भएको र १ सय १२ मेट्रिकटन नै ताजा तरकारी उत्पादन हुने लक्ष्य केन्द्रले निर्धारण गरेको छ । यस्तैसोहि कार्यक्रम अन्र्तगत प्राङगारिक मल सुधार कार्यक्रम अन्तर्गत ५४ वटा भकारो सुधार र १२ वटा भर्मी कम्पोष्ट निर्माण भएको केन्द्रले जनाएको छ । मकै प्रवद्र्धन कार्यक्रम, व्यवसायिक फलफुल बगैचा स्थापना सहयोग, मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन, मागमा आधारित र नमुना कृषि फर्म स्थापन सहयोग अनुदान कार्यक्रम अन्तर्गत २० हजार मिटर सिँचाई पाइप,३ वटा सुधारिएको अलैची भट्टी, १५ वटा मिनिट्रिलर, ३५ वटा साझा मिल,४० वटा डिजिटल काटा, बीउ विजन, फलफुल बेर्ना, जैविक तथा रसायिनक विषादी खरिदका लागि अनुदान रकम सहयोग भएको ज्ञान केन्द्रले जनाएको छ ।

त्यस्तै गरी जस्तै मकै प्रवद्र्धन र किवी प्रवद्र्धन कार्यक्रमतर्फ ६ जना कृषि फर्मलाई माझ निर्माण र किवि क्षेत्रफल विस्तारको लागि विरुवा खरिदमा अनुदान दिइएको समेत कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ताप्लेजुङको फुङलिङका एक किसानले ज्ञान केन्द्रको सहयोगमा प्लाष्टिक घरभित्र लगाएको तरकारी । तस्बिर ः उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts