जलबिद्युत योजना सञ्चालनका कारण कृषि उपज उत्पादनमा हुने जोखिमबारे बिस्तृत अध्ययन गरौं ः इन्सेक ताप्लेजुङ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १४ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ताप्लेजुङले जलबिद्युत योजना सञ्चालनका कारण कृषि उपज उत्पादनमा हुने जोखिमबारे आएका गुनासोको बिस्तृत अध्ययनको खाँचो औंल्याएको छ ।

नेपाल मानव अधिकारबर्ष पुस्तक २०२४ को अर्धबर्षिक समिक्षा कार्यक्रममा बिहीबार प्रतिबेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले यस्तो बताउनु भएको हो । प्रतिबेदनमा उहाँले जलबिद्युत आयोजनाका कारण खोलाको सतह र धार परिवर्तनले जग्गा गुमाउँदा कृषि उपज उत्पादनबाट बञ्चित हुने गरेको स्थानीयको गुनासोबारे बिस्तृत अध्ययन हुनु अनिवार्य रहेको बताउनु भएको छ । उहाँले तमोर नदी र हान्द्रुङ क्षेत्रमा रहेका भेनियरका कच्चा सामाग्रीले वातावरण प्रदुषण गरी स्वच्छव वातावरणमा जिउने अधिकारबाट सर्वसाधारण बञ्चित हुनु परेको बिषय समेत उठाउनु भएको छ ।‘स्थानीयको यस्ता गुनासोको उचित सम्बोधन हुनु अनिवार्य छ’गुरुङले भन्नुभयो । उहाँले सुकुम्बासी र भूमिहिन नागरिकलाई जग्गा बितरण गर्ने प्रकृयाका बारेमा समेत चासा राख्नु भएको छ ।

बिद्यालयमा बितरण हुने सेनीटरी प्याडको गुणस्तरीयता सुधारमा समेत उहाँले जोड दिनु भएको छ । बिभिन्न बिद्यालयमा पुग्दा सेनीटरी प्याड गुणस्तरीय नरहेको गुनासो आएकोले यसमा गुणस्तरीयता सुधार अनिवार्य रहेको उहाँको भनाई छ । महिला माथि हुने शारिरीक,मानसिक, यौनजन्य,सामाजिक,प्रथा तथा परम्पराजनित,सांस्कृतिक र राजनीतिक हिंसाको अवस्था सन्तोषजनक नभएको उहाँको ठहर छ । उहाँले यस्ता हिंसा नियन्त्रण गर्न कठोर कानुन मात्र पर्याप्त हुने नभई सचेतना अभिबृद्धि अनिवार्य सर्तको रुपमा रहने बताएका छन् ।
६ महिनाको अवधिमा १२ वटा घटना अभिलेखमा,सबैभन्दा बढी बलत्कारका
इन्सेकको अभिलेख अनुसार गत मध्य पुस देखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघनसंग सम्वन्धित १२ वटा घटना भएका छन् । त्यसमध्ये सबैभन्दा बढी बलत्कारका ५ वटा,घरेलु हिंसाका ४ वटा,हत्याका २ वटा र बहुबिवाहसंग सम्वन्धित एक घटनाको अभिलेख इन्सेकसंग रहेको छ

। सन् २०२२ को एकबर्षे अवधिमा इन्सेकको अभिलेखमा २० वटा घटना समावेश थिए । जसमा आधा भन्दा बढी बलत्कारकै रहेका थिए । इन्सेक जिल्ला प्रतिनिधि गुरुङका अनुसार उतिबेला अभिलेखीकरण भएका मध्ये ११ वटा बलत्कारका,२ वटा बाल यौन दुव्र्यवहारका, बलत्कार तथा मानव बेचबिखनसंग सम्वन्धित,स्वास्थ्यकर्मी माथि हातपात र कुटपिटसंग सम्वन्धित र जेष्ठ नागरिक कुटपिटसंग सम्वन्धित र बहुबिबाहसंग सम्वन्धित एक–एकवटा घटना भएका थिए । उतिबेलाहत्यासंग सम्वन्धित ३ वटा घटनाको अभिलेख इन्सेकसंग रहेको छ ।
चल्यो अधिकार केन्द्रित सवाल–जवाफ
मानव अधिकार बर्ष पुस्तक २०२४ को अर्धबार्षिक समिक्षा कार्यक्रममा अधिकार केन्द्रित सवाल जवाफ समेत चलेको छ । जवाफदेहि पक्षको रुपमा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,डिभिजन वन प्रमुख बद्रीप्रसाद शाह,प्रहरी निरीक्षक कुशराम कार्की,भूमी आयोगका जिल्ला अध्यक्ष कृष्णकुमार बस्नेत सहितले आफ्नो निकायसंग सम्वन्धित बिषयमा उठेका सवालको सहजीकरण गर्नु भएको थियो ।

प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु,वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts