ताप्लेजुङको आठराई त्रिबेणीमा बालबिवाह न्युनीकरण सम्वन्धी निवन्ध लेखन प्रतियोगिता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा आयोजित ‘बालबिवाह न्युनीकरणमा बिद्यार्थीको भूमिका’बिषयक निवन्ध लेखन प्रतियोगितामा छात्र र छात्रातर्फ क्रमशःहाङ्पाङ र निघुरादिनका माध्यमिक बिद्यालय प्रथम भएका छन् ।

पालिकाभरीका माध्यमिक बिद्यालयस्तरीय प्रतियोगितामा छात्रतर्फ सरस्वती नमूना मावि हाङ्पाङ र छात्रातर्फ परमसिंह मावि निघुरादिन प्रथम भएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले जानकारी दिनुभयो । बालबिबाह न्यूनीकरणमा बिद्यार्थीमार्फत अभिभावक र समुदाय सम्म सचेतना पुगोस् भनेर कार्यक्रमको आयोजना भएको पालिकाले जनाएको छ ।

बिजेताहरुलाई पालिका अध्यक्ष पोमू,प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराई,पालिकाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु,गाउँसभामा सदस्यहरु सहित स्थानीय बुद्धिजीविहरुले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts