गत चैत २३ देखि भदौ १५ सम्ममा ताप्लेजुङबाट हटाईयो मृत्यु भएका ६ सय ४० जना मतदाताको नाम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २० । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले २०८२ साल चैत २३ देखि २०८३ भदौ २३ गतेसम्ममा ताप्लेजुङका लागि कायम भएको मतदातामध्ये मृत्यु भएका ६ सय ४० जनाको नाम हटाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार यो अवधिमा ५ सय ४५ जनाको दोहोरो नाम हटाएको छ भने ३ सय ४९ जनाको ठेगाना परिवर्तन गरेको छ । २१ जनाको नाम प्रमाण नपुगेर रद्ध भएको छ भने ३ जनाको नाम मतदाता नामावलीबाट हटाईएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०८३ साल भदौ १५ गतेसम्ममा ताप्लेजुङमा ८९ हजार ७ सय जना मतदाता कायम भएका छन् । ४८ हजार ४८ जना पुरुष र ४१ हजार ६ सय ५२ जना महिला मतदाता कायम भएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ९० हजार ३ सय २७ मतदाता थिए । त्यसमध्ये ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका थिए । उतिबेला ताप्लेजुङका लागि ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र कायम भएका थिए । सो भन्दा अघिको निर्वाचनका लागि लागि भने ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र थिए ।

Similar Posts