सिँवामा मनाइयो विश्व मानसिक स्वास्थ्य दिवस

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २६ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमको सिँवामा सन्देशमुलक र्‍याली तथा अन्तरकृया सम्पन्न भएको छ ।

फक्ताङलुङ गाउँपालिकासंगको समन्वय,एक्सर फर नेपालको सौजन्य तथा सिँवा स्वास्थ्य चौकीको आयोजनामा‘जीवन्त अनुभवको सुनुवाई : वास्तविक आवाज,वास्तविक परिवर्तन’भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको एक्सर फर नेपालका जिल्ला कार्यक्रम संयोजक सुवास कोईरालाले जानकारी दिनुभयो ।

फक्ताङलुङ गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य बिना सिवाको अध्यक्षतामा भएको कार्यक्रममा सिँवा माविका प्रधानाध्यापक निर्मला तामाङ,सिँवा स्वास्थ्य चौकीका इञ्चार्ज प्रेमकुमारी लिम्बू,सिँवा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक श्रवण यक्पाङदेन लिम्बूसहित सिँवाका स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्यका बारेमा एक्सन फर नेपालका जिल्ला कार्यक्रम संयोजक कोईरालाले सहजीकरण गर्नु भएको थियो ।

Similar Posts