अब ताप्लेजुङमा पनि दुईजना सहायक प्रजिअ हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १७ । अब ताप्लेजुङमा पनि दुईजना सहायक प्रमुख जिल्ला अधिकारी हुने भएका छन् ।
गृह मन्त्रालयले शाखा अधिकृत जयकुमार खनाललाई यहाँको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पदनस्थापन गरेको छ । शाखा अधिकृत यादव भट्टराई यसअघि देखि नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहनु भएको छ । खनाल पाँचथरस्थित कुम्मायक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनु भएको थियो ।
खनाललाई गृह मन्त्रालयमा सरुवा गरेपछि गृहले ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा पदस्थापन गरेको छ । खनालले यसअघि फुङलिङ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिको निमित्त जिल्ला समन्वय अधिकारीको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ ।
गत असार २८ गते देखि नेपाल सरकारका उपसचिव उमेशकुमार दाहाल यहाँको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहनु भएको छ ।