ताप्लेजुङको कालिखोला नेवारेमा पहिरो,एक घरमा पूर्ण रुपले क्षति,एक घर जोखिममा,प्रहरी टोली घटनास्थलमा
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं १ मंगलवार बिहान गएको पहिरोले एक घरमा पूर्ण रुपले क्षति पु-याएको छ भने एकघर घर जोखिममा पारेको छ ।
सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाका वडा सदस्य टइन्द्र चापागाँइका अनुसार स्थानीय जीवनाथ बाँनियाको घर पहिरोले पूर्ण रुपमा क्षति पु-याएको छ । मानवीय क्षति भने नभएको वडा सदस्य चापागाँइले जानकारी दिनुभयो ।
चापागाँइका अनुसार कालिखोलाका वडाध्यक्ष गोपाल बाँनियाका बुबा मेहरमान बाँनियाको घर जोखिममा परेको छ । घु-यान देखि उधोंको भाग पहिरोले लगेपछि घरका सदस्यलाई सुरक्षित स्थानमा सारी घर भत्काउन थालिएको समेत चापागाँइले जानकारी दिनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रहरी टोली घटनास्थलतर्फ पुगिसकेको र उद्धार सहितका सबै कार्यका लागि आफुले निर्देशन दिई सकेको जानकारी दिनुभयो ।‘घटनास्थल पुगिसकेको प्रहरी टोलीले स्थानीय समुदायसंग समेत समन्वय गरी आवश्यक उद्धारको कार्यमा कुनै कमी हुन दिने छैन’प्रजिअ दाहालले भन्नुभयो ।