ताप्लेजुङका हिमाली बस्तिमा ट्राभल डेन्टल क्याम्प सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३१ । ताप्लेजुङका उत्तरी हिमाली बस्ति घुन्सा,फले,ग्याब्ला,सेकाथुम र सोक्लिमामा ट्राभल डेन्टल क्याम्प सम्पन्न भएको छ ।

दाँत सम्वन्धी ओपिडी सेवा,दाँत निकाल्ने,दाँत सफा गर्ने(स्केलिङ) र दाँत भर्ने सेवा प्रदान भएको जन्नु गेष्ट हाउस घुन्साका प्रोपाइटर समेत रहेका शिविर व्यवस्थापक तथा आयोजक तेञ्जिङनुपु शेर्पाले जानकारी दिनुभयो । डाक्टर शशांक ताम्राकारको नेतृत्वमा रहेको चिकित्सक तथा प्राविधिकको टोलीले सेवा दन्त सेवा प्रदान गरेको हो । शिविरमा मुख तथा दाँत सम्वन्धी जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिएको शिविर व्यवस्थापक शेर्पालेले जानकारी दिनुभयो ।

दाँत जोगाउन पैरवी गरिएको कार्यक्रम अन्तरगत सेवाग्राहीलाई टूथब्रस तथा टूथपेस्ट समेत वितरण गरिएको थियो । शेर्पाका अनुसार सेकाथुममा ३१ जना,ग्याब्लामा ११ जना र घुन्सामा ५५ जनाले सेवा लिनु भएको छ । घुन्सामा ३७ जनाले दाँत निकाल्ने,३१ जनाले दाँत सफा(स्केलिङ)गर्ने र ८ जनाले दाँत भर्ने सेवा लिनु भएको छ । दन्त चिकित्सक ताम्राकार नेतृत्वको टोलीमा दन्त चिकित्सक डाक्टर अविनास यादव र पल्स प्यारामेडिक डाक्टर धर्मराज कटुवाल रहनु भएको शिविर आयोजक तथा व्यवस्थापक शेर्पाले जानकारी दिनुभयो ।

Similar Posts