सशस्त्र डिएसपी पाठकको सरुवा,बोहोरा आउँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३१ । सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र डिएसपी प्रमोप्रकाश पाठकको सरुवा भएको छ ।

गुल्ममा अब सशस्त्र डिएसपी धनबहादुर बोहोरा नयाँ गुल्मपतिको रुपमा आउने हुने भएको छ । अघिल्लो बर्षको साउन २ गते सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपतिको रुपमा जिम्मेवारी सम्हाल्नु भएका पाठकको कुरिनटारमा सरुवा भएको छ ।

जिम्मेवारीप्रति निपूर्ण,पेशाप्रति निष्ठावान,सरल र सहज कार्यशैलीका कारण पाठक सेवाग्राहीमाझ अब्बल सशस्त्र प्रहरी अधिकारीको रुपमा परिचित रहनु भएको थियो । विपद् व्यवस्थापन,सीमा सुरक्षा र अपराधिक गतिविधि नियन्त्रणमा काविल सुरक्षा अधिकारीको रुपमा परिचित पाठकको बर्षदिनको अवधिमा सरुवा भएको हो ।

 

Similar Posts