अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत ताप्लेजुङका स्थानीय तहले ३ अर्ब २० करोड पाउँदै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २६ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत आर्थिक बर्ष २०८३।८४ मा ताप्लेजुङका स्थानीय तहले ३ अर्ब २० करोड २ लाख रुपैयाँ पाएका छन् ।
अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत ताप्लेजुङमा सबैभन्दा बढी फुङलिङ नगरपालिकाले ४९ करोड २९ लाख रुपैयाँ पाएको छ भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाले २६ करोड ८६ लाख रुपैयाँ पाएको छ । सिरिजङ्गा गाउँपालिकाले ४२ करोड ९४ लाख रुपैयाँ पाउँदा फक्ताङलुङ गाउँपालिकाले ३८ करोड ३२ लाख रुपैयाँ पाएको छ ।
पाथीभरा याङवरक गाउँपालिकाले ३५ करोड १६ लाख,मेरिङदेन गाउँपालिकाले ३४ करोड १ लाख,आठराई त्रिबेणी गाउँपालिकाले ३३ करोड ७५ लाख,सिदिङ्वा गाउँपालिकाले ३१ करोड २५ लाख र मैवाखोला गाउँपालिकाले २८ करोड ३५ लाख रुपैयाँ अन्तर सरकारी वित्तीय हस्तान्तरणवापत पाउने भएका छन् ।