सरकारले इलाका प्रशासन तेल्लोकमा खटायो कर्मचारी,सीमा प्रशासन कार्यालयमा समेत कर्मचारीको सरुवा

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १३ । सरकारले इलाका प्रशासन कार्यालय तेल्लोक र सीमा प्रशासन कार्यालय ओलाङचुङगोलाका लागि कर्मचारी पठाएको छ ।

सरकारले राजपत्र अनंकित प्रथम श्रेणी(नायव सुब्बा)का दुईजना कर्मचारीलाई इलाका प्रशासन कार्यालय तेल्लोकका लागि पठाएको हो । इलाका प्रशासन कार्यालय तेल्लोकमा नायव सुब्बाद्धय श्यामलाल पन्थी र गोबिन्दप्रसाद अधिकारीलाई खटाईएको छ ।

सीमा प्रशासन कार्यालय ओलाङचुङगोलाका लागि नरेश राम सिंहलाई खटाईएको छ । गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय तेल्लोकका लागि कर्मचारी खटाएपछि सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले अब इलाका प्रशासन कार्यालय तेल्लोकबाट चाँडै सेवा आरम्भ हुने विश्वास व्यक्त गर्नु भएको छ ।

Similar Posts