| |

आम्बेगुदिन माविको वार्षिक उत्सवमा विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

-प्रयास लिम्बू
ताप्लेजुङ, चैत २० । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनस्थित एक वद्यालयको वाार्षिक उत्सवको अवसरमा विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित भएका छन् । यहाँको आम्बेगुदिन माध्यमिक विद्यालयको ७५ औं वार्षिक उत्सवको अवसरमा विद्यार्थी मात्र ५६ जना सम्मानित भएका हुन् ।
विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईका अनुसार शुक्रबार आयोजित वार्षिक उत्सव कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई सम्मान गरिएको हो । विद्यालयमा स्थापित विभिन्न १३ वटा अक्षयकोषको रकमले विभिन्न विधामा छनोट भएका ५६ जना विद्यार्थीलाई एकसाथ सम्मान गरिएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।
नगद तथा सम्मान–पत्रद्वारा विद्यार्थीहरुलाई सम्मान गरिएको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा उत्कृष्ट शिक्षक, अभिभावक र शैक्षिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई पनि सम्मान गरिएको उहाँको भनाइ छ । सम्मानित विद्यार्थी, शिक्षक, अभिभावक सहितका व्यक्तिहरुलाई सिरिजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान लगायतले सम्मान गर्नुभएको हो ।
विद्यालयको वार्षिक उत्सवको अवसर पारेर तीनजना दाताले नयाँ अक्षकोष स्थापना गर्नुभएको छ । विद्यालयका शिक्षक तेजबहादुर भट्टराईका अनुसार स्थानीय नरेन्द्र कुँवरले एक लाख ५१ हजार, सूर्यमान भट्टराईले १८ हजार र चन्द्रकला अधिकारीले १५ हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । यसअघिको विभिन्न १३ वटा अक्षयकोषको रकम करिव १७ लाख रुपियाँ रहेको विद्यालयले जनाएको छ ।
यता विद्यालय स्थापना दिवस कार्यक्रमकै अवसरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सम्मानसहित बिदाइ गरिएको छ । यस्तै विद्यालयको यसवर्षको वार्षिक परीक्षाको नतिजासमेत शुक्रबार नै सार्वजनिक गरिएको शिक्षक तेजबहादुर भट्टराईले जानकारी दिनुभयो ।

Similar Posts