ताप्लेजुङका उम्मेदवारले कुन पालिकाबाट कति मत पाए ?
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २७ । प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङका नौ स्थानीय तहमध्ये बिजेता बनेको नेकपा एमाले उम्मेदवारलाई छ र नेपाली काँग्रेस उम्मेदवारलाई तीन पालिकाबाट बढी मत आएको छ । काँग्रेस यहाँ निटकतम् प्रतिश्पर्धी रहेको थियो । ६१ वटा वडा रहेको ताप्लेजुङमा मतगणना पनि वडागत रुपमै गरिएको थियो ।
एमाले उम्मेदवार क्षितिज थेबेलाई फुङलिङ नगरपालिका,पाथीभरा याङवरक गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका,मिक्वाखोला गाउँपालिका,मैवाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाबाट बढी मत आएको छ । काँग्रेस उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङलाई मेरिङदेन गाउँपालिका,सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाबाट बढी मत आएको छ । १३ जना उम्मेदवार रहेकोमा पाँचजना उम्मेदवार सिरिजङ्गा गाउँपालिकाकै हुनुहुन्थ्यो । तिनै पाँच उम्मेदवार १३ प्रतिश्पर्धीमध्ये अन्तिम पाँचमा रहन सफल हुनुभयो । एमालेका थेबेले १३ हजार ९६२ मतले चुनाव जित्दा काँग्रेस उम्मेदवार तुम्याहाङ ११ हजार ७११ मत ल्याएर निटकतम् प्रतिश्पर्धी बन्नुभयो । तेस्रो मत नेपाली कम्युनिष्ट पार्टी खेलप्रसाद बुढाक्षेत्री(पराग)ले ल्याउनुभयो । उहाँले छ हजार ७७५ मत ल्याउनुभयो । चौथोमा रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राईले पाँच हजार २०९ मत ल्याउनुभयो । बिजेता थेबे,निटकतम् प्रतिश्पर्धी तुम्याहाङ,बुढाक्षेत्री र राईले मात्र जनामत जोगाउनु भएको छ ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिँदा ताप्लेजुङका उम्मेदवार वीरेन्द्र श्रेष्ठको जनामत भने जोगिएन । पाँचौंमा रहनु भएका उहाँले चार हजार १५५ मत ल्याउनुभयो । जमानत जोगाउन खसेको कुल सदर मतको कम्तिमा १० प्रतिशत ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ । ताप्लेजुङमा ४५ हजार ५८३ मत खसेकोमा दुई हजार ६८६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनु भएको छ । थेबेले फुङलिङमा दुई हजार २७२ मत,तुम्याहाङले दुई हजार,बुढाक्षेत्रीले एक हजार ७५२ मत,श्रेष्ठले एक हजार ६६० मत र राईले एकहजार छ मत ल्याउनु भएको छ । आठराई त्रिबेणीमा थेबेले एक हजार ८७६ मत,तुम्याहाङले एक हजार ८५,बुढाक्षेत्रीले चार सय २१,श्रेष्ठले दुईसय ६३ र राईले चार सय ५५ मत ल्याउनुभयो ।
मैवाखोलाबाट थेबेले एक हजार ४५१,तुम्याहाङले सातसय ७५,बुढाक्षेत्रीले छ सय ९९,श्रेष्ठले ९० र राईले चार सय ९५ मत ल्याउनुभयो । मेरिङदेन गाउँपालिकामा थेबेले एक हजार ४८९,तुम्याहाङले एक हजार ९४०,बुढाक्षेत्रीले चार सय आठ,श्रेष्ठले एक सय ३४ र राईले पाँच सय ३० मत ल्याउनुभयो । मिक्वाखोला गाउँपालिकाबाट थेबेले एक हजार ५९,तुम्याहाङले आठ सय ४०,बुढाक्षेत्रीले पाँचसय ४८,श्रेष्ठले दुईसय पाँच र राईले तीनसय ९६ मत ल्याउनु भयो । फक्ताङलुङ गाउँपालिकाबाट थेबले एक हजार ३३६,तुम्याहाङले एक हजार सात,बुढाक्षेत्रीले सातसय २२,श्रेष्ठले दुई सय ७५ र राईले आठ सय ७२ भोट ल्याउनुभयो ।
पाथीभरा याङवरकबाट थेबेले एक हजार ६२४,तुम्याहाङले नौ सय ७५,बुढाक्षेत्रीले तीन सय ५६,श्रेष्ठले पाँच सय ९८ र राईले छ सय २९ मत ल्याउनुभयो । सिरिजङ्गाबाट थेबेले एक हजार ५५५,तुम्याहाङले एक हजार ५८६,बुढाक्षेत्रीले एक हजार ३२८,श्रेष्ठले पाँच सय ८६ र राईले तीन सय ६० मत ल्याउनुभयो । सिदिङ्वा गाउँपालिकाबाट थेबेले एक हजार ३०९,तुम्याहाङले एक हजार ४३१,बुढाक्षेत्रीले पाँच सय ४१,श्रेष्ठले तीन सय ४४ र राईले चार सय ६६ मत ल्याउनुभयो । यस बाहेक राप्रपाका इन्द्रप्रसाद थापाले एक सय ८५,जसपा नेपालका सूर्य तमूले ५५,मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बूले ५०,नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ लिम्बूले ४६,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङले दुई सय २१,नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का नरपति पौडेलले एक सय ५५,उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेनले दुई सय २५ र जसपाका अरुण लेछर्बो लिम्बूले एक सय ४१ मत ल्याउनुभयो । मंगोल नेस्नल अर्गनाइजेसनका लिम्बूले सिदिङ्वा र सिरिजङ्गाबाट संलोरामका लावुङले मिक्वाखोलाबाट र जनमुक्ति पार्टीका थलङले सिदिङ्वाबाट एक मत पनि ल्याउनु भएन ।