ताप्लेजुङका सीमा नाका बन्द
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १९ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फागुन २१ गतेको मतदान कार्य पूरा नभइञ्जेलसम्मका लागि पूर्वतर्फ भारत–सिक्कीम तथा उत्तरतर्फ चीन–तिब्बतसंगको सीमानाका बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले गए मध्यराति देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि सीमानाका बन्द गरिएको जानकारी दिनुभयो । भारत र चीनलाई छुने नेपालका दुई जिल्लामा ताप्लेजुङ र दार्चुला पर्छन् ।
प्रमुख जिल्ला अधिकारी सेढाइँले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र,निश्पक्ष,भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०८२ को दफा छ(झ),गृह मन्त्रालयमार्फत प्राप्त निर्वाचन आयोगको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सीमानाका बन्द गरिएको जनाउनु भएको छ ।