फुनपा ८ को सेवा अब आफ्नै नयाँ भवनबाट

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १० । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आईतवारबाटै दैनिक प्रशासनिक काम आफ्नै भवनबाट दिनेगरी सेवा आरम्भ गरेको छ ।

नवनिर्मित भवनको फुङलिङ नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा र वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवारले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको छ । नयाँ भवनबाट सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख मादेनले आफुहरुले नगरक्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधारका बाँकी संरचना क्रमशःपूरा गर्दै लगेको बताउनुभयो । सिमित स्रोत साधनको अधिन भित्र रही आफुहरुले विगतका समयमा सुरु भएका कतिपय संरचनालाई पूर्णता दिएको मादेनले जानकारी दिनुभयो । भौतिक पूर्वाधारतर्फ भवन र सडक बाहेक शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युत सहितका अन्य काममा समेत आफ्नो ध्यान गइरहेको मादेनको भनाई थियो ।

नगर उपप्रमुख ओझाले नगरपालिकाबाट कार्य सम्पादन हुँदै आएका बिषयबस्तु सन्तोषजनक अवस्थामा रहेको दावी गर्नुभयो । उहाँले सिमित बजेट र स्रोतसाधनका कारण नागरिकले अपेक्षा गरेका सबै बिषय एकसाथ पूरा हुन नसक्ने अवस्था रहेको बताउँदै आफुहरुले नागरिकका न्यूनतम् र प्रमुख आवश्यकतालाई बर्गिकरण गरी क्रमशःपूरा गर्दै लगेको बताउनुभयो । फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष सुनुवारले नगरपालिकाका अधिकाँस वडाले आफ्नै वडाबाट सेवा प्रवाह गर्ने अवस्था बन्नु नागरिकहरुका लागि सहज सेवा सुचारु हुनुको अर्थको रुपमा बुझ्न सकिने बताउनुभयो ।

फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको वडा नं ८ लाई बधाई निुभयोए । वडा नं ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वाले पहिलो कार्यकालमा सडक निर्माण र नगरपालिकाको प्रमुख प्रशासकीय भवन तथा केहि वडाका भवन बनेको स्मरण गर्दै अहिले कायम रहेको नगर पालिकाको पदाधिकारी टिमले बाँकी कामलाई पूरा गर्दै लगेको बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं १ का वडाध्यक्ष रुद्रकुमार मादेन,वडा नं ३ का वडाध्यक्ष टंकप्रसाद पालुङ्वा,वडा नं ७ का वडाध्यक्ष योगेन्द्र निरौला समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सेवा निवृत्त कर्मचारी हरिप्रसाद बराल र पूर्णबहादुर सुनुवार तथा पदोन्नती भएर जानु भएका कर्मचारी पदम गुरुङका साथ जग्गादाता स्वर्गीय वीरबहादुर सुनुवारका परिवारकाकातर्फबाट माइला छोरा महेश सुनुवारलाई सम्मान गरिएको थियो । स्वर्गीय वीरबहादुरका श्रीमति सावित्रा,जेठा छोराबुहारी धनकुमार र लीलामाया,माहिला छोराबुहारी महेश र मौसमी,कान्छा छोराबुहारी गणेश र कृष्मा तथा छोरी तेजकुमारीले वडा पालिका भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क पास गरिदिनु भएको थियो ।

 

Similar Posts