प्रधानमन्त्री कार्की शुक्रवार ताप्लेजुङ आउँदै
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २९ । प्रधानमन्त्री सुशिला कार्की शुक्रवार ताप्लेजुङ आउनु हुने भएको छ ।
हिमाली जिल्लाको भ्रमण गरी फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा मुख्य निर्वाचन अधिकृत सहित सुरक्षा प्रमुखहरुसंगको छलफलका लागि उहाँ शुक्रवार ताप्लेजुङ आउन लाग्नु भएको स्रोतले जानकारी दिएको छ । कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गर्नुहुने छ ।
कार्कीले बिहीबार सोलुखुम्बु जिल्ला पुगी मुख्य निर्वाचन अधिकृत,सुरक्षा निकायका प्रमुख,जिल्ला निर्वाचन कार्यालय र निर्वाचनका सरोकारवालासंग छलफल गर्नु भएको थियो ।