एकीकृत घुम्ति सेवा शिविरमा पाथीभरा याङवरकबाट झण्डै साढे सात सयले पाए सेवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २१ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ति सेवा शिविरमा झण्डै साढे ७ सयले सेवा लिएका छन् ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ मेन्याङ्वोका अनुसार पालिकाले माघ १४ गते देखि २० गतेसम्म पालिकाको केन्द्र रहेको वडा नं २ बाहेक पालिकाका ५ वटा वडामा एकीकृत घुम्ति सेवा शिविर सञ्चालन गरेको थियो । शिविरमा ५ सय १३ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । सबैभन्दा बढी वडा नं १ नाङखोल्याङमा १ सय ५८ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको पालिकाले जनाएको छ । वडा नं ६ थुम्बेदिनका १ सय ३१ जना,वडा नं ३ तिरिङ्गेका ९६ जना,वडा नं ४ डुम्रिसेका ७७ जना र वडा नं ५ चाक्सिबोटेका ५१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेको पालिकाले जानकारी दिएको छ ।

६० बर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षणका क्रममा वडा नं वडा नं ६ थुम्बेदिनमा ५३ जना,वडा नं १ नाङखोल्याङमा ४७ जना,वडा नं ३ तिरिङ्गेमा ३६ जना,वडा नं ४ डुम्रिसेमा ३१ जना र वडा नं चाक्सिबोटेमा २७ जनाले सेवा लिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मेन्याङ्वोले जानकारी दिनुभयो । सबैगरी कुल १ सय ९४ जनाले स्वास्थ्य परीक्षण सेवा लिएको पालिकाले जनाएको छ ।

८६ बर्ष माथिका कुल ३६ जनालाई जेष्ठ नागरिक सम्मान गरिएको छ । पालिकाका अनुसार वडा नं १ नाङखोल्याङमा १७ जना,वडा नं ६ थुम्बेदिनमा ८ जना,वडा नं ३ तिरिङ्गेमा ५ जना र वडा नं ४ डुम्रिसे तथा वडा नं ५ चाक्सिबोटेमा ३–३ जना ८६ बर्ष माथि उमेर समूहका नागरिकलाई सम्मान गरिएको समेत पालिकाले जनाएको छ । बार्षिक स्वीकृत कार्यक्रम अनुसार एकीकृत घुम्ति सेवा शिविर सञ्चालन गरिएको समेत पालिकाले जानकारी दिएको छ ।

 

Similar Posts