गुम्बा पुर्ननिर्माणका लागि सहयोग रकम जुट्दै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १९ । ताप्लेजुङको फुङलिङस्थित निमा छ्योखोर्लिङ बौद्ध गुम्बा पुर्ननिर्माणका लागि धमाधम सहयोग रकम जुट्न थालेको छ ।
गुम्बा पुर्ननिर्माणका लागि फुङलिङका व्यवसायी पाथीभरा हार्डवेयर सेन्टरका प्रोपाइटर कृष्णकुमार गुरुङ र मूना गुरुङले ५ लाख रुपैयाँ सहयोग गर्नु भएको छ । जेष्ठ अगुवा भुवानीप्रसाद गुरुङ र सुखमाया गुरुङले नगद २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग रकम प्रदान गर्नु भएको निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो । भुवानी निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
बौद्ध गुम्बा पुर्ननिर्माणका लागि भूपेन्द्र गुरुङ र गंगा गुरुङले १ लाख ११ हजार १११ रुपैयाँ,सिद्धार्थ इञ्जिनियरिङ वर्कसपका प्रोपाइटर ललित गुरुङले २ लाख,गंगाराम गुरुङ र सीमा गुरुङबाट २ लाख प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुरानो र जीर्ण भएको बौद्ध गुम्बा पुर्ननिर्माणका लागि ४ करोड १३ लाख रुपैयाँ बराबरको बिस्तृत परियोजना प्रतिबेदन(डिपीआर)तयार भएको छ । यो रकम तीनवटा मूर्ति,प्रवेशद्धार र गुम्बा परिसरमा रहने छ्योर्तेन बाहेकको रकम रहेको निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।