सिनाम ढुङ्गामा स्मारक बनाउन सिरिजङ्गाको पहल

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले वडा नं १ सिनाममा ‘सिनाम’शब्दको उत्पति स्थल सिनाम ढुङ्गामा स्मारक बनाउने भएको छ ।

पालिकाले स्मारक निर्माणका लागि कम्तिमा दुई रोपनी जग्गा निःशुल्क रुपमा खोजी गर्न थालेको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रञ्जित लङ्वा लिम्बूका अनुसार जग्गा सिनाम ढुङ्गाको वरिपरि हुनुपर्ने छ भने बाढी पहिरो नलाग्ने,सडक र खानेपानीको पर्याप्त पहुँच भएको र विद्युत सेवा बिस्तार गर्न सहज सम्भावना भएको क्षेत्रलाई प्राथमिकता दिईने पालिकाले जनाएको छ ।

जग्गाको अधिकतम् भिरालो क्षेत्र २८ डिग्री मात्र भएको बजारबस्ति छेउ र सम्भव भए एकल स्वामित्व भएको जग्गालाई पालिकाको रोजाईमा पर्ने भएको छ । सिनाम ढुङ्गा भनेको विशेष प्रकारको ढुङ्गा हो,जसले यस क्षेत्रको भौगोलिक र सांस्कृतिक महत्त्वलाई दर्शाउँछ । यस ढुङ्गाले स्थानीय बासिन्दाहरूको जीवनशैली र परम्परामा गहिरो प्रभाव पारेको छ ।‘सिनाम’ शब्दको उत्पति स्थल सिनाम गाउँ र यसका ढुङ्गाहरूको ऐतिहासिक र सांस्कृतिक महत्वमा आधारित छ ।

Similar Posts