सिरिजङ्गा स्तरीय राष्ट्रपति रनिङ शिल्डमा तेल्लोक च्याम्पियन
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले सञ्चालन गरेको अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेल्लोक मावि च्याम्पिन भएको छ ।
गणेश मावि खेवाङमा भएको प्रतियोगितामा ९ स्वर्ण,७ रजत र ३ कास्य पदक सहित तेल्लोक मावि च्याम्पिन भएको हो । दोस्रो भएको सिनाम माविले ८ स्वर्ण,६ रजत र ६ कास्य पदक जित्दा गणेश मावि खेवाङ ३ स्वर्ण,६ रजत र ९ कास्य पदकका साथ तेस्रो भएको छ । चौथो भएको सरस्वती मावि सिकैचाले ३ स्वर्ण,१ रजत र ४ कास्य पदक हात पारेको छ । २ स्वर्ण,४ रजत र ५ कास्य पदक हात पारेको आम्बेगुदिन मावि पाँचौं,२ स्वर्ण,३ रजत र ४ कास्य पदक जितेको कञ्चनजंघा मावि याम्फुदिन छैटौं,२ स्वर्ण,१ रजत र १ कास्य जित्दै राष्ट्रिय मावि पेदाङ सातौं स्थानमा रहे ।
दुर्गा मावि सिकैचाले १ स्वर्ण,१ रजत र २ कास्य पदक जित्दै आठौं स्थानमा नाम लेखाउँदा स्वर्ण र कास्यबिहिन लक्ष्मी मावि मामाङ्खेले एक रजत पदक जितेर नवौं स्थानमा रहेको गणेश मावि खेवाङका निमित्त प्रधानाध्यापक किरण राईले जानकारी दिनुभयो । यसबर्षको अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिदिङ्वाको साब्लाखुमा माघ २३ देखि २६ गतेसम्म हुँदैछ । त्यहाँ ६६ स्वर्ण,६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि ताप्लेजुङका ९ स्थानीय तहबाट छानिएका खेलाडीले स्पर्धा गर्नेछन् ।