६ महिनामा ताप्लेजुङबाट करिव ६ सयले दिए राष्ट्रिय परिचयपत्रको रुजु फारम हराएको निबेदन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ३ । चालु आर्थिक बर्ष २०८२।८३ को ६ महिनामा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा करिव ६ सय जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि निबेदन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार ६ महिनाको अवधिमा ५ सय ९३ जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि निबेदन दिएका हुन् । पुस महिनामा मात्र २ सय १६ जनाले यस्तो प्रकृतिको निबेदन दिएको प्रशासन कार्यालयले जनाएको छ । ६ महिना अवधिमा १ सय ४८ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याउन आबेदन दिएका छन् । सहायक प्रजिअ भट्टराईका अनुसार चालु आवको ६ महिना अवधिमा ४ हजार ३ सय ८४ जनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरेका छन् । ३ सय १७ थान राष्ट्रिय परिचयपत्र बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुस महिनामा ९ सहित चालु आवमा ४५ जनालाई नावालक परिचयपत्र बितरण गरिएको छ । ६ महिने अवधिमा ६ वटा हातहतियार नविकरण भएका छन् । ६ महिनामा १ हजार १ सय ६५ थान नागरिकताको प्रतिलिपि जारी हुँदा १ हजार ४ सय ८८ थान वंशजका आारमा दिइने नागरिकता प्रदान गरिएको प्रशासन कार्यालयले जनाएको छ । चालु आवको ६ महिनामा ३ थान बैबाहिक अंगीकृत नागरिकता प्रदान भएको छ । चालु आवको यो अवधिसम्ममा गैर आवासीय नेपाली नागरिकता भने प्रदान भएको छैन ।

चालु आवमा प्रशासन कार्यालयले ८ सय ४० थान राहदानी बितरण गरेको छ । ७१ थान राहदानीको द्रुत सिफारिस गरिएको छ भने ९ सय ५४ थान राहदानीको साधारण सिफारिस गरिएको प्रशासन कार्यालयले जनाएको छ । पुस महिनामा प्रशासन कार्यालयले १ हजार १ सय ३ जना सेवाग्राहीलाई कार्यालय प्रयोजनमा प्रयोग हुने कागजातको प्रतिलिपि निःशुल्क उपलब्ध गराएको समेत जनाएको छ । कार्यालय परिसरबाट ५ सय ८९ जनाको राहदानीको अनलाइन फारम निःशुल्क भरिदिएको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Similar Posts