साँवा मावि मिक्वाखोला स्तरीय प्रतियोगिताको च्याम्पिन

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २९ । मिक्वाखोला गाउँपालिकाले सञ्चालन गरेको अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँवा मावि च्याम्पिन भएको छ ।

३५ स्वर्ण,२० रजत र ५ कास्य पदक जित्दै साँवा मावि च्याम्पिन बनेको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार २४ स्वर्ण,१० रजत र ५ कास्य पदक जित्दै मोति मावि खोक्लिङ दोस्रो हुँदा ४ स्वर्ण,१० रजत र १० कास्य पदकका साथ पञ्चेश्वरी मावि लिवाङ तेस्रो भएको छ । यस्तै ३ स्वर्ण,३ रजत र १० कास्य पदक हात पारेको बालदेन मावि पापुङ चौथो भएको थापाले जानकारी दिनुभयो ।

बिजेता खेलाडी तथा बिद्यालयलाई पालिका अध्यक्ष कार्की,उपाध्यक्ष डण्डु लामा शेर्पा र वडाध्यक्षहरुले शिल्ड तथा प्रमाणपत्र बितरण गर्नु भएको छ । बिजेता खेलाडीहरुले अब १६ औं राष्ट्रपति रनिङ शिल्डको अन्तरपालिका स्तरीय प्रतियोगितामा पालिकाकोतर्फबाट सहभागिता जनाउनेछन् । १६ औं राष्ट्रपति रनिङ शिल्डको अन्तरपालिका स्तरीय प्रतियोगिता माघ २३ देखि २६ गतेसम्म सिदिङ्वाको साब्लाखुमा सञ्चालन हुँदैछ । त्यहाँ यहाँका ९ पालिकाको अन्तर बिद्यालय स्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले स्पर्धा गर्नेछन् ।

Similar Posts