मेरिङदेन स्तरीय प्रतियोगितामा पान्दोलुङ च्याम्पियन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २८ । पान्दोलुङ मावि नाल्बु मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको च्याम्पियन बनेको छ ।

१३ स्वर्ण,६ रजत र ७ कास्य पदक जित्दै पान्दोलुङ च्याम्पियन बनेको हो । ७ स्वर्ण,७ रजत र ४ कास्य पदक जितेको पृथ्वी मावि खाम्लुङ द्धितीय हुँदा ६ स्वर्ण,४ रजत र ४ कास्य पदक जित्दै लक्ष्मी मावि तृतीय भएको पालिकाले जनाएको छ । २ स्वर्ण,३ रजत र २ कास्य पदक जितेको त्रिभुवन मावि थुकिमा चौथो हुँदा सूर्यदेवी मावि सान्थाक्रा १ स्वर्ण,६ रजत र २ कास्य दिक जितेर पाँचौं भएको छ । सुर्के मावि थुकिमाले १ स्वर्ण,१ रजत र १ कास्य पदक जितेर छैटौं स्थानमा आफ्नो नाम लेखाउँदा स्वर्णविहिन सिंहकाली मावि २ रजत र २ कास्यमा सिमित भएको छ ।

अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट अन्तरपालिका स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीलाई मेरिङदेन गाउँपालिकाले बन्द प्रशिक्षण(क्लोज क्याम्प)मा राख्ने भएको छ । बिजेतालाई मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम र पालिकाका वडाध्यक्षहरु सहितले शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ । यसबर्षको १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकाको साब्लाखुमा सञ्चालन हुँदैछ । त्यहाँ ६६ स्वर्ण,६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि स्पर्धा हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश)ले जानकारी दिनु भएको छ ।

Similar Posts