स्थापना दिवसमा सशस्त्र प्रहरीको कञ्चनजंघा गुल्मद्धारा कैदीबन्दीका लागि खेलकुद सामग्री हस्तान्तरण
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २३ । २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले जिल्ला कारागार ताप्लेजुङलाई खेलकुद सामग्री प्रदान गरेको छ ।
कारागारमा रहेका कैदीबन्दीलाई मनोरञ्जन तथा शारीरिक व्यायाम समेतमा सहयोग पुग्ने प्रकृतिका खेलकुद सामग्री प्रदान गरिएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँको आतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरीले जिल्ला कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासमार्फत कैदीबन्दीलाई पुग्ने गरी खेलकुद सामग्री हस्तान्तरण गरिएको पाठकले बताउनुभयो ।
२५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा कञ्चनजंघा गुल्मले धार्मिक एवम् सार्वजनिक स्थलहरु सफाई,सचेतनामुलक कक्षा समेत सञ्चालन गरिरहेको जनाएको छ ।