३१ बिद्यार्थीलाई न्यानो कपडा दिदैं भीरनेले मनाए जन्मदिन

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २२ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का एक युवाले स्थानीय एक बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ ।

चिनावुङ आधारभूत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका भिरेन लिम्बूले आफ्नो जन्मदिनको अवसरमा बिद्यालयका ३१ बिद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नु भएको हो ।

स्थानीय घनेन्द्र थापाका अनुसार भीरेनले आफ्नो जन्मदिनमा बिद्यालयमै उपस्थित भएर बिद्यार्थीलाई न्यानो कपडा र चलकेट बितरण गर्दै आफ्नो जन्मदिन बिद्यालयमै मनाउनु भएको हो ।

Similar Posts