तिरिङ्गेमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २१ । आउँदो माघ २१ गतेबाट ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सहितका विविध कार्यक्रम हुने भएका छन् ।

पाथीभरा स्पोर्टिङ क्लवको आयोजनामा भलिबलका साथ डोरी तान्ने,छेलो हान्ने,भाले झार्नेसहितका प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष भानुक्त तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम माघ २१ बाट २४ गतेसम्म हुने छ । क्लवका सचिव दीपेश बस्नेतका अनुसार भलिबल प्रतियोगिताका बिजेताले ७१ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा उपबिजेताले ४५ हजार ५५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । भलिबलमा तेस्रो हुनेलाई २१ हजार १११ रुपैयाँ प्रदान गरिने क्लवका कोषाध्यक्ष कुमार तिवारीले जानकारी दिनुभयो ।

तिरिङ्गे थुम्बेको चतुरे मैदानमा कार्यक्रममा भाले झार्ने प्रतियोगिताका बिजेताले २ हजार,हाँडी फोर्ने प्रतियोगिताका बिजेताले १ हजार ५ सय,छेल्लो हान्नेको बिजेताले १ हजार,५ जनाको समूह हुनुपर्ने डोरीतान प्रतियोगिताको बिजेताले १ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने भएका छन् । रोमाञ्चक खेलतर्फ ४० देखि ६० बर्ष उमेर समूहका व्यक्तिले आफ्नी श्रीमति बोकी दौडने प्रतियोगिताका बिजेताले १ हजार ५ सय रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

Similar Posts