संघीय मेलामा हुने भलिबलको खेल तालिका सार्वजनिक

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १४ । मंगलबारबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन खाम्दिने बजारमा सुरु हुने अन्तरपालिका वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल संयोजक आइतराज थेबेका अनुसार पहिलो खेलमा मंगलवार समूह ‘क’मा रहेको थुम्बेदिनको टिमले फुङलिङ नगरपालिकाको टोलीसंग खेल्ने छ ।

दोस्रो खेलमा मंगलवारनै समूह ‘ख’मा रहेका तेल्लोकको टिम बिरुद्ध आयोजक ‘बी’आमने–सामने हुने छ । पुस १६ गते समूह ‘क’मा रहेका मेहेले र तिरिङ्गे,नाल्बु र आङखोप,नाल्बु र आङखोपको बिजेतासंग पापुङ र समूह ‘ख’मा रहेका साब्लाखु र पेदाङ,लिम्बूदिन र सिनाम तथा लिम्बूदिन र सिनामको बिजेतासंग आयोजक ‘ए’ले प्रतिश्पर्धा गर्नेछन् ।

पुस १७ गते दुई सेमीफाइनल खेल हुनेछन् भने १८ गते फाइनल खेल हुने भएको छ । संघीय मेला खेलकुद तथा साँस्कृतिक युवा क्लवले आयोजना गरेको उक्त मेला संघीय मेलाको नामले परिचित छ ।

Similar Posts