करदाता सेवा कार्यालय पाँचथरबाट दिईदैं आएको सेवा अब कोलेनिका ताप्लेजुङबाटै

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ११ । करदाता सेवा कार्यालय पाँचथरले प्रदान गर्ने सेवा अब ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रदान हुने भएको छ ।

कोलेनिकाले शुक्रवार पत्रकार भेटघाट कार्यक्रममार्फत पान नम्बर सहितका कार्य सुचारु भइसकेको र अन्य कार्य अबको केहिदिन भित्रै सुरु हुने जनाएको छ । कोष नियन्त्रक यामनाथ गिरीका अनुसार करदाता सेवा कार्यालय पाँचथरले प्रदान गर्ने सेवा लिन अब सेवाग्राहीले कोलिनेका ताप्लेजुङ गए पुग्छ ।

पान नम्बर बनाउने,पान नम्बरलाई स्तरबृद्धि गरी भ्याटमा लैजाने,कर चुक्ता गर्ने,बिसालिता कर असुलीको प्रकृया आरम्भ गर्ने,मदिराजन्य बस्तुको नियमन गर्ने सहितका सेवाहरु कोलेनिकाले प्रदान गर्ने गिरीले जानकारी दिनुभयो ।

Similar Posts