फुनपामा भालुको आतंक: रोकथाम तथा नियन्त्रण सहित राहतको प्रकृयाका बारेमा सरोकारवालाको अग्रसरता

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ११ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ र १० मा भालुले पशु चौपायामा गरेको क्षतिको विवरण संकलन गरी कानुन बमोजिम सम्वन्धित निकायबाट राहात उपलब्ध गराउन पहल गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँको उपस्थितिमा शुक्रवार बसेको सरोकारवालाको बैठकले राहत उपलब्धताको पहल सहित रोकथाम तथा नियन्त्रणका लागि तीनवटा महत्वपूर्ण निर्णय गरेको हो । प्रजिअ सेढाईँका अनुसार भालुको आक्रमण नियन्त्रणका लागि फुङलिङ नगरपालिका सहितका सबै स्थानीय तह,डिभिजन वन कार्यालय,भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीयबासीहरुले जिल्लास्थित सुरक्षा निकायको समन्वयमा नियन्त्रणका लागि कार्ययोजना बनाई सबै उपाय अवलम्बन गर्ने निर्णय भएको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सुरक्षा निकायको समन्वयमा जन तथा पशु धनको सुरक्षाका लागि नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने निर्णय भएको प्रजिअ सेढाईँले जानकारी दिनुभयो । विगत केहि साता यता हाङदेवा र फुरुम्बुमा गरी ८ घरधनीका १३ वटा पशु चौपायामा भालुले आक्रमण गरी क्षति पु¥याएको डिभिजन वन कार्यालयले जनाएको छ । भालुको सम्भावित आक्रमण बिरुद्ध साइरन प्रयोग गर्ने देखि सम्भावित नाकाहरुमा ठूलो प्रकृतिको विद्युत बत्ति बाल्ने सम्मका बिषयलाई नियन्त्रणको रुपका उपयोग गर्न सकिने बारेमा समेत छलफल भएको प्रजिअ सेढाईँले जानकारी दिनुभयो ।

Similar Posts