एमाले ताप्लेजुङबाट समानुपातिकमा साँवा,यक्सो र भट्टराईको नाम सिफारिस

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १० । नेकपा एमाले ताप्लेजुङले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ एक महिला सहित तीनजनाको नाम सिफारिस गरेको छ ।

एमाले ताप्लेजुङका कार्यवाहक जिल्ला अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार खुल्लातर्फ सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामका अनन्तबहादुर साँवा र आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङका लक्ष्मीबहादुर यक्सो रहनु भएको छ । महिलातर्फ फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका चन्द्रकला खतिवडा भट्टराई रहनु भएको पोमूले जानकारी दिनुभयो । साँवा एमालेको कोशी प्रदेश सचिवालय सदस्य हुन् भने यक्सो सल्लाहकार परिषद् सदस्य हुन्ुहुन्छ । खतिवडा एमाले जिल्ला सदस्य हुनुहुन्छ ।

साँवा र यक्सो दुबै २०७४ सालको स्थानीय तहको निर्वाचनमा क्रमशःसिरिजङ्गा र आठराई त्रिबेणी गाउँपालिकामा एमालेकोतर्फबाट पालिका अध्यक्षको प्रतिश्पर्धी हुनुहुन्थ्यो । यक्सो र साँवा दुबै शिक्षण पेशाबाट अवकासप्राप्त व्यक्ति हुनुहुन्छ । यक्सोले भूमि सम्वन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष समेत भएर काम गर्नु भएको छ । साँवा एमालेको ११ औं राष्ट्रिय महाधिबेशन प्रतिनिधि समेत हुनुहुन्छ । एमालेको ११ औं राष्ट्रिय महाधिबेशनमा प्रतिनिधि बन्न महिला कोटामा दावी प्रस्तुत गर्नु भएकी चन्द्रकलाले सहमतिमा प्रतिनिधि छनौट हुने भएपछि आफ्नो दाबी फिर्ता लिनु भएको थियो ।

Similar Posts