समानुपातिक उम्मेदवारका विषयमा शंकरलाई योगेशको फोन

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ८ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार सिफारिसको मापदण्ड बनाएर तहगत कमिटीलाई निर्देशन गर्ने बिषयमा महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गर्नु भएको छ ।

बिगठित प्रतिनिधिसभाका सदस्य समेत रहनु भएका उपमहासचिव भट्टराईले मंगलवार महासचिव पोखरेललाई फोन गरी प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेश गर्नु पर्ने समय नजिक आईसकेको भन्दै पार्टीको बैठक बसेर मापदण्ड बनाउने बिषयमा छलफल थाल्न महासचिव पोखरेलको ध्यानाकर्षण गर्नु भएको हो ।

भट्टराईले पार्टी बैठकको माग गर्दै उक्त बैठकबाट समानुपातिक उम्मेदवार सिफारिसको मापदण्ड तय गर्न तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिनुपर्ने अवस्था रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

Similar Posts