अनलाइन कविता बाचनमा लेकाली कान्छा बने च्याम्पियन
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ७ । ताप्लेजुङका साहित्य स्रष्टा लक्ष्मीप्रसाद मादेन ‘उर्फ’लेकाली कान्छा मुक्कुम वाहिजो अनलाइन कविता बाचन प्रतियोगिताको च्याम्पियन बन्नु भएको छ । उहाँले नगद २१ हजार रुपैयाँ सहित प्रमाणपत्र पाउनु भएको छ ।
सृजनशील युवा कवि हर्कराज खेवाको कविता संग्रह वाहिजोको ब्यानरमा शिवसताक्षी नगरपालिका वडा नं ८ डुडामारीले सञ्चालन गरेको अनलाइन कविता बाचनमा लेकाली कान्छाको नयाँ साम्राज्य शीर्षकको कविता प्रथम भएको हो । लेकाली कान्छा रियालिटी सो द पोइट आइडलको उत्कृष्ट नौ भित्र परेर बाहिरिनु भएको थियो ।
साहित्यका माध्यममबमट स्थानीय परिवेश,विकृति बिरुद्धको कडा प्रहार,माटो सुहाउँदो,मौलिक र साँस्कृतिक चेत भएका कविको रुपमा उदाउँदै गर्नु भएका मुक्कुम फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा निवासी हुनुहुन्छ ।