ताप्लेजुङको मैवाखोलामा भरुवा बन्दुक सहित एक युवा मृत फेला

उज्यालो पोष्ट
ताप्लेजुङ पुस ६ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघु लेकुवामा भरुवा बन्दुक सहित एक व्यक्ति मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार मृत फेला पर्नेमा स्थानीय मिङमातेञ्जी शेर्पाका अन्दाजी २५–२६ वर्षका छोरा फुर्वा रेञ्जु शेर्पा रहेका छन् । प्रहरीका अनुसार स्थानीय तिलोकसिंह लिम्बूको अलैंची बारीमा भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक पड्किई निजको घाँटीमा लागी मृत्यु भएको हो ।

प्रहरीले निज फुर्वा रेञ्जीसँगै गएका उनका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ । भतिज सोनाम थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका छन् ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक दीपक लिम्बूको नेतृत्वमा प्रहरी टोली परिचालित भएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रनाउ गौतमले जानकारी दिनुभयो ।

Similar Posts